दूतावास पुगेर प्रधानमन्त्री देउवाद्धारा एलिजाबेथको निधनप्रति दुःख व्यक्त

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हाे ।

प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेख्नुभएको छ । महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्वभरका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?