मुक्तिनाथको घरदैलो साक्षरता

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकका देशभरका शाखा कार्यालयले ग्राहकमा वित्तीय साक्षरता बढाउन घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शनिबार देशभर वित्तीय साक्षरता बढाउनुका साथै आफ्ना सेवा, सुविधाको जानकारी तथा खाता खोल्ने सुविधा दिन घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

घरदैलो कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा, सुविधाका बारेमा मात्र नभई बैंकिङ सुविधाको साक्षरता बढाउने उद्देश्य रहेको बैंकले जनाएको छ । सो अवसरमा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी र संस्थापक शेयरधनीसमेतको सहभागिता रहेको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?