संयोग र इभानालाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर-१६ वडाका संयोग कपालीले लमजुङका विनेश खनियालाई चार-एकले हराएर दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलको उपाधि जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोगले विनेशलाई ११-१, १३-११, १६-१८, ११-९ र ११-३ ले हराउँदै उपाधि जित्नुभएको हो ।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला एकलमा ललितपुर वडा-१२ की इभाना थापामगरले संखुवासभाकी वियन्का राईलाई ११-८, ११-७, ११-३, ८-११, ९-११, ११-५ ले हराएर उपाधि जित्नुभयो । यसैगरी, प्रतियोगितामा रनिङ शिल्ड ललितपुर-११ वडाले हात पार्‍यो ।

ललितपुर-११ ले दुई स्वर्ण र एक कास्य पदक जितेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य तथा स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र सचिव ज्याकी महर्जनलगायतले विजेतालाई पुरस्कृत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?