गोल्डन ओक १२ औं कृति अवार्ड सम्पन्न

Read Time = 2 mins

काठमाडौं । नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ २०६० सालदेखि नेपाल विज्ञापन संघ(आन)ले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डको १२औं सस्ंकरण ‘गोल्डन ओक १२औं कृति अवार्ड्स २०७९’ शनिबार सम्पन्न भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो ।

मुख्य प्रायोजक गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेको ३१ विभिन्न विधाका अवाडर््सका लागि ४५ एजेन्सीले सहभागिता जनाएका थिए । विभिन्न १५ एजेन्सीले ५० वटा पुरस्कार पाएका छन् ।

पुरस्कार पाउने एजेन्सीमध्ये मेकवेज प्रालिले १९, बिजनेस एडभान्टेजले पाँच, प्रिज्मार्क मार्केटिङले पाँच, आउटरिच नेपालले चार, डिजिटलइनले चार, अभानी एडभरटाजिङले तीन, एएनएस क्रियसनले दुई र म्याक्स मिडिया, प्रिज्मा एडभरटाइजिङ कन्सर्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रालि, कि एडभरटाइजिङ, सुश्री मिडिया र हृयाप्पी वक्र्सले एक-एक अवार्ड जितेको आनले जनाएको छ ।

कार्यक्रममा आनका अध्यक्ष सोमप्रसाद धिताल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, वरिष्ठ कलाकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, दिपकराज गिरीलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?