जोगेन्द्रलाई ‘वेष्ट अमेरिकन कोरियोग्राफर अफ दि इयर’ को अवार्ड

Read Time = 2 mins

काठमाडौं । कोरियोग्राफर जोगेन्द्र केसीले ‘वेष्ट अमेरिकन कोरियोग्राफर अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । अमेरिकाको न्युजर्सीमा रहेको अमेरिकन अवार्ड नामक संस्थाले उहाँलाई यो अवार्ड प्रदान गरेको हो ।

लोकसंस्कृति क्षेत्रमा केसीले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै केसीलाई अवार्ड दिइएको हो । उहाँसँगै नेपालका कलाकार, संगीतकार, गायक, प्रिन्सिपल, डाक्टरलगायत केहीले यो अवार्ड प्राप्त गरेका छन् । हालै स्वीजल्याण्डलगायत केही देशमा विभिन्न नेपाली लोकसंस्कृतिक प्रदर्शन गरेर फर्किनुभएका केसीले अवार्डले अगामी दिनमा यो क्षेत्रमा अझ लगनशील भएर लाग्न प्रेरणा मिलेको बताउनुभयो ।

प्युठान नगरपालिका-९ गुरीगाउँ निवासी केसी एभरेष्ट कल्चर ग्रुपको निर्देशक तथा सिनियर कोरियोग्राफर हुनुहुन्छ । आमा घर सामाजिक संस्थाको बोड सदस्यसमेत रहनुभएका उहाँ लालिगुराँस नेसनल एकमेडीको फाउण्डर निर्देशक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?