प्रख्यात स्पेनी लेखक जेभियरको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अवार्ड विजेता स्पेनिस लेखक जेभियर मारियासको ७० वर्षको उमेरमा निधन भएको छ ।

एक महिनादेखि निमोनियासँग लडिरहनुभएका मारियासले सन् २००२ देखि २००७ सम्म प्रकाशित भएको ‘योर फेस टुमोरो’ ट्रायलजीसहित १६ पुस्तकहरू लेख्नुभएको थियो ।

उहाँको आइतबार निधन भएको उहाँको प्रकाशक अल्फागुआराले जनाएको छ ।

उहाँको निधनमा स्पेनका प्रधानमन्त्री पेड्रो स्यान्चेजले गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री सान्चेजले ट्वीट गर्दै भन्नुभएको छ, ‘स्पेनिश अक्षरहरूका लागि दुखद दिन। जेभियर मारियासले हामीलाई छोडे । उनी हाम्रो समयका महान लेखकमध्ये एक थिए ।’

अल्फागुआराको वेबसाइटका अनुसार उहाँका पुस्तकहरू ५६ देशमा प्रकाशित भइसकेका छन् । उहाँका पुस्तक ४६ विभिन्न भाषाहरूमा करिब ९० लाख प्रति बिक्री भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?