समृद्धिको शाखा बनेपामा पनि

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले सातौं बनेपा शाखा कार्यालय उद्घाटन गरेको छ । बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले सोमबार शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बनेपा उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, बनेपा नगरपालिका-८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, कम्पनी अध्यक्ष ठाकुरप्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीलगायतको उपस्थिति रहेको थियो । चाँडै आठौं शाखा जनकपुरमा स्थापना गरिने कम्पनीका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?