अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दाङ, मकवानपुर र बाराबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित बिगबेली फ्यामिली रेष्टुरेन्ट एण्ड लजबाट १४० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ वर्षीय अमृत चौधरी लगायत ३ जना छन् । उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले लजको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० आनन्द टोल डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय समिर सिद्धिकी र उनकै श्रीमती रिजु कुमारी दासलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई ८ ग्राम २४० मिलिग्राम खैरो हेरोईनसहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ टेडा पुल नजिकै भित्री सडकबाट करिब ११ केजी गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-३२ बस्ने २७ वर्षीय फरीयाद अन्सारी लगायत छन् ।

जितपुरबाट हरपुरतर्फ जाँदै गरेको ना २ ह २६२८ नम्बरको अटोलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी अटो चालक अन्सारी लगायत उनीहरूलाई पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?