बाल अफर ‘नबिल जेन अल्फा’

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकले राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपालमै पहिलोपटक एपमा आधारित नबिल जेन अल्फा स्किम सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच नबिल जेन अल्फाका ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ढुंगानाले संयुक्तरूपमा एप सार्वजनिक गर्नुभएको हो ।

नबिल जेन अल्फा १८ वर्षमुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार अभिभावकले एपमार्फत् बालबालिकाका लागि दैनिक कार्य सिर्जना गर्न र तोक्न सक्छन्, बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र सोही अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । स्किममार्फत् बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालितरूपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय-समयमा मुद्दती खातामा जम्मा गर्न सकिनेछ । नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिका समाहित हुन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?