रवीन्द्र मिश्रलाई दोस्रो वरीयता दिएर राप्रपा प्रवेश गराउने चर्चा, सिनियर नेताहरू असन्तुष्ट

Read Time = 3 mins

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्ष छाडेर बसेका रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने हल्लाले सो पार्टीमा तरंग सिर्जना भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी मिश्रलाई दोस्रो वरीयता दिएर पार्टी प्रवेश गराउन चाहानु हुन्छ । उहाँको यो तयारीपछि बुद्धिमान तामाङसहितका प्रभावशाली नेताहरू सन्तुष्ट भएको बुझिएको छ ।

स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न लिङ्देनलाई निकै सकस छ । मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राख्नु भएको छ। त्यसका लागि उहाँले पटकपटक राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरूसँग छलफल गरिसक्नुभएको छ ।

स्रोतका अनुसार मिश्रले विवेकशील साझा पार्टीका सातमध्ये ६ प्रदेश अध्यक्षसहित राप्रपा प्रवेश गराउने प्रतिबद्धता जनाउनु भएको छ । विवेकशील साझाका निवर्तमान अध्यक्षसमेत भएकाले लिङ्देन मिश्रलाई दोस्रो वरीयता दिन तयार देखिनु हुन्छ । राप्रपामा अहिले लिङ्देन अध्यक्ष हुनु हुन्छ भने राणा र लोहनी वरिष्ठ नेता हुनु हुन्छ। अब मिश्र आउँदा राणा र लोहनी पछि पर्ने देखिएको छ। सोही कारण तामाङसहितका नेताहरूले असन्तुष्टि जनाएको एक नेताले जानकारी दिए ।

मिश्रको एक मात्र चाहना काठमाडौं १ मा राप्रपाबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहसँग प्रतिस्पर्धा गर्ने छ । उहाँ अघिल्लो हारको बदला लिन चाहानु हुन्छ। सोही कारण एक साताभित्रै मिश्र राप्रपा प्रवेश गर्ने कि नगर्ने भन्ने विषय टुंगो लाग्ने नेताहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?