उक्सावटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेकाे विश्वकर्माको आशंका

Read Time = 2 mins

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक अहिले पनि जारी छ ।

सिंहदरबारमा बिहान ९ बजेदेखि शुरु भएको बैठकमा अहिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समेशर जबराले समितिमा दिएको बयानलाई हस्ताक्षर गराउने काम भइरहेको हो । १७४ पेजको बयान पढेर जबरालाई सुनाउने काम भइरहेको र सबै पढेर सुनाइसक्न करिव ७ घण्टाको समय लाग्ने समितिका सदस्य मिनबहादुर विश्वकर्माले बताउनु भयो ।

शुक्रवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताउनुभएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताउनु भयो ।

उहाँले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले आएर सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिन भन्नुभयो । पहिला अन्तिममा गर्छु भन्नुभएको थियो । यसो बुझ्दा प्रभोक गरेको जस्तो लाग्यो । केही माननीय सदस्यहरुले उहाँलाई सोधौं न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो । उहाँले भनेका सबै कुराहरु हुन् । सबै ठिक छ भन्नुभएको छ, अहिले पढ्दै जाँदा त ।’

सदस्य विश्वकर्माले कसैको उक्सावटमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गर्न नमानेको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?