वर्षाका कारण हुम्लामा हवाई सेवा अवरुद्ध

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो ।

विहिबार विहानदेखि जिल्लामा लगातार वर्षा भईरहेका कारण नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ ।

हवाई सेवा अवरुद्ध हुँदा नेपाली भूमि हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने लिमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेर सिमकोट पुगेका धार्मिक तीर्थयात्री जिल्ला बाहिर जान नसकेको बताइएको छ । उनिहरु आफ्नो सिमित भिषामा आएपनि खराब मौसमका कारण उडान हुन नसक्दा मारमा परेका छन् । यस्तै जिल्लावासी र विरामीलाई समेत जिल्ला बाहिर जान समस्या भएको छ । हवाई सेवा सञ्चालनमा नहुँदा नेपालगञ्ज, सुर्खेतबाट सिमकोटमा तेल,चिनी, बेसार, मसाला, तरकारी, मासुलगायतका सामग्रीको भित्रीन सकिरहेको छैन् ।
हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्रीसमेत ठप्प भएको छ ।

नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?