संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले)को पदयात्रा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेले आज बृहत पदयात्रा आयोजना गरेको छ। संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पदयात्रा आयोजना गरेको हो। शनिबार बिहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर एमाले नेता कार्यकर्ताहरु पदयात्रामा सहभागी भएका छन्।

पदयात्रा कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

पदयात्रा बिहान ७ बजे उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो।

उक्त अबसरमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आरोप लगाउनुभयो । काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट आरोलो लागिरहेको बताउनुभएको हो ।

उहाँले गठबन्धनको फैसला मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले गर्ने बताउनुभयो ।

‘फैसलाका लागि संघीय संसदको प्रतिनिधि सभाको निर्वाचन र प्रदेशको, सातै प्रदेशको निर्वाचन भइरहेको छ। यतिबेला देशलाई हार्न दिनु हुँदैन’, उहाँले भन्नुभयो, ‘जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु हुँदैन, एकछिन धक्का खाएको होला, यसलाई चिरेर देशलाई द्रुत गतिले अघि बढाउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?