धादिङमा २ लाख ६५ हजार ९ सय ९६ मतदाता

हिमालय टाइम्स
Read Time = 3 mins

-बाबुराम श्रेष्ठ

धादिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आगामी निर्वाचनका लागि धादिङमा २ लाख ६५ हजार ९ सय ९६ मतदाता रहेको निर्वाचन आयोग धादिङले जनाएको छ । जसमा १ लाख ३० हजार ५ सय ९४ जना महिला, १ लाख ३५ जना, ४ सय १ जना पुरुष र १ जना अन्य मतदाता रहेका छन् ।

२०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ५ वटा मतदानस्थल थपिएको छ भने ६ वटा परिवर्तन र १ वटा खारेज गरिएको छ । धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ । जसमा क्षेत्र नं १ को ‘क’ मा ७३ हजार १५७ मतदाता, २८ मतदान स्थल र ७९ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ५९ हजार १९७ मतदाता, २५ मतदान स्थल र ६९ मतदान केन्द्र रहेको छ ।

त्यसैगरी क्षेत्र नं २ को ‘क’ मा ७० हजार ७०१ मतदाता, २५ मतदान स्थल र ७८ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ६२ हजार ९४१ मतदाता, ३६ मतदान स्थल र ७७ मतदान केन्द्र रहेको छ । यसअघि गत बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा १०९ वटा मतदान स्थल र ३०३ मतदान केन्द्र निर्धारण गरिएको थियो भने मतदाताको संख्या २ लाख ६८ हजार ४७२ रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?