एसियाडका लागि स्क्वास खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघले बुधबार १९औँ एसियाली खेलकुदका लागि छ खेलाडी चयन गरेको छ । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि समान ३-३ पुरुष/महिला गरी ६ खेलाडी छनोट भएको नेपाल स्क्वास एण्ड र्‍याकेट्स संघले जनाएको छ ।

पुरुषतर्फ अरहान्तकेशर सिंह, अमृत थापा मगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठ छनोट हुनुभयो । असोज ६ गतेदेखि सुरु हुने एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?