-विजय रावत
जुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले असोज एक गतेदेखि सहुलियतको खाद्यान्न पसल संचालनमा ल्याएको छ । दशैँका लागि प्रतिकेजी रु सात रुपौया कम गरी खाद्यान्न वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले बताउनुभयो । प्रतिकेजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने भएको छ ।
उहाँले भन्नुभयो, “ आइतबार मात्रै सहुलियत पसलबाट ४ सय जना नागरिकले चामल लिएकाछन् । खाद्यान्नमा छुट पाएपछि यहाँका नागरिकलाई राहत पुगेको छ । ६ प्रकारका चामल र ३ प्रकारको दालमा प्रतिकेजी ७ रुपैयाँ छुट दिइएको छ । छुटको मूल्यले टाढाबाट आउनेलाई भाडासम्म बच्छ ।”प्रमुख विष्टका अनुसार सहुलियत पसल संचालनका लागि १ हजार २ सय क्वीईन्टल चामल स्वीकृत भएको छ ।
बास्तमती चामल,अरुवा मोटो चामल,अरुवा मध्यम चामल,सोना मन्सुली चामल,स्टिम जिरा मसिनो चामल र मकवानपुर चामल तथा मासको दाल,अलहरको दाल र मुसुरोको दालमा प्रतिकेजी ७ रुपैयाँ छुट दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखाले जनाएको छ । नजिकिँदै गरेको दसैँमा जुम्लामा खाद्यान्न अभाव नहुने भएको छ ।
चालु आवमा जुम्लाका लागि ६ हजार क्वीईन्टल चामल स्वीकृत भएको छ । जसमा हालसम्म १ हजार २० क्विनटल ढुवानी भइसकेको छ । दसैँ तिहारका लागि मात्रै ९ सय ७० क्विनटल खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाका प्रमुख निर्मल विष्टले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच