एभरेष्टको इ-पैंचोे फोन लोन सुविधा

Read Time = 2 mins

काठमाडौं । एभरेष्ट बैंकले ‘इ-पैंचो फोन लोन’ सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकले मोबाइल एप ‘इबिएल टच २४’ मार्फत् बिनाधितो दुई लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । इ-पैंचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ । जसमा एक महिनाभित्र वा तीन, छ, नौ अथवा १२ महिनाका लागि किस्ताबन्दीमा चुक्ता गर्न सकिने सुविधा समावेश छन् ।

ग्राहकको योग्यता मापनमा विभिन्न प्यारामिटरको प्रयोग गरिएको छ । बैंकबाट गरिएका कारोबार, बैंकमा तलब खाता खोलेको छ या छैन, बक्यौता ऋण लिएको छ या छैन लगायतका प्यारामिटरको प्रयोग गरिएको छ । साथै आफूले लिएको कर्जा चाँडै तिर्न चाहने ग्राहकका लागि ऋणको बक्यौतासहित पूर्वभुक्तानीको विकल्प पनि उपलब्ध रहेको बैंकले जनाएको छ । इ-पैंचो फोन लोनका लागि योग्य ग्राहकले कुनै पनि फोनपे मर्चेन्टमा क्युआर भुक्तानी गर्दा ‘वाइ नाउ पे लेटर’ सुविधा प्रयोग गर्न सक्नेछन् । उल्लेखित सेवा लिन ग्राहकले प्रमाणित इमेल ठेगानाका साथै इ–पैंचो फोन लोनमा दर्ता गर्नुपर्नेछ ।

इ–पैंचो फोन लोनका विषयमा बैंकका रिटेल एण्ड एसएमई क्रेडिट प्रमुख विष्णु ज्ञवालीले भन्नुभयो, ‘नेपालमा कर्जा पाउनु निकै कठिन छ । कर्जाको सरल पहुँच बढाउन हामीले योग्य ग्राहकलाई इ–पैंचो फोन लोनमार्फत् कर्जा उपलब्ध गराउन लागेका छौं । इ–पैंचो फोन लोनमार्फत् कर्जा लिन र भुक्तान गर्न ग्राहकले कुनै चिन्ता लिनुपर्ने छैन । ग्राहकले मात्रै खाता सन्तुलनमा राखी कारोबार गर्नुपर्नेछ, बाँकी सबै काम हामीले गर्नेछौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?