अर्घाखाँचीमा लोहोरोले हानेर श्रीमतीको हत्या

सांकेतिक तस्बिर

Read Time = 1 min

सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका ३, ठाडामा एक जनाले लोहोरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरो हानेर ५० वर्षीया मनकलाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले बताउनु भयो । घरमा उनीहरूबीच पटक–पटक झगडा हुने गरेको पाइएको जनाइएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाएको रिजालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?