निर्माण क्षेत्रका नकारात्मक समाचारप्रति गुनासो

Read Time = 3 mins

काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै पूर्वाधार क्षेत्रको समाचार सम्प्रेषणमा सावधानी अपनाउनुपर्ने निर्माण व्यवसायीले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल प्रेस काउन्सिलसँगको सहकार्यमा काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै सञ्चारकर्मीले निर्माण उद्योगका समस्याबारेमा सही तरिकाले उठान गरेमा देशलाई ठूलो राहत मिल्ने बताउनुभयो । निर्माण व्यवसायी महासंघका मानार्थ सदस्यसमेत रहनुभएका लामाले राज्यले समेत निर्माण उद्योगलाई सही तरिकाले नहेरेको गुनासो गर्नुभयो ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायको क्षेत्रमा आमजनतालाई सुसूचित गर्ने काम सञ्चारकर्मीको भएकाले सत्य, तथ्य र यथार्थ बुझेरमात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राष्ट्र निर्माणमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेकाले सो क्षेत्रमा कलम चलाउँदा पत्रकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र निर्माण व्यवसाय भएकाले यसलाई अघि बढाउन पत्रकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडीं), महासचिव रोशन दाहाललगायतले निर्माण उद्योगका विषयमा वास्तविकताभन्दा बाहिरका समाचार बढी आउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा पूर्वाधारविज्ञ प्राडा राजेन्द्र अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चक्रवती कण्ठ, प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यपत्र प्रस्तुत गर्दै क्रमशः निर्माण व्यवसाय, निर्माण उद्योगसँग सम्बन्धित प्रचलित ऐन कानुन तथा पत्रकार आचारसंहिताका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?