आज नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्दै, जित्ने टोली ‘सुपर फोर’मा पुग्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) भारतको सामना गर्दैछ ।

सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको क्यान्डीमा हुनेछ । खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे हुनेछ ।

नेपालले भारतसँग यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपाल यसअघि पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो, सो खेल पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे पछि नेपाली टोली पाकिस्तानबाट श्रीलंका पुगेको हो । बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाड्दै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।

आजको खेल जिते नेपाल प्रतियोगिताको ‘सुपर फोर’ चरणमा प्रवेश गर्ने छ ।

सुपर फोरमा पुग्न नेपालले भारतलाई हराउनै पर्छ । भारत भने खेल बराबरी वा अंक बाँड्ने अवस्था भए पनि सुपर फोरमा पुग्नेछ । अंक तालिकामा भारत एक अंकमा छ भने नेपाल अंकविहीन छ।

प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई/दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?