‘छड्के-२’को ‘छड्के खालास’ र ‘छक्कापञ्जा-४’को प्रमोशनल गीत सार्वजनिक

Read Time = 5 mins

काठमाडौं । चलचित्र ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिप-हप जनराको भिटेनको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सर्वाजनिक भएको हो । गीतको भिडियोमा कलाकारहरूको मस्ती मूड, द्वन्द्व र केही संवादसहितका दृश्य समेटिएको छ ।

निगम श्रेष्ठको लेखन र निर्माण रहेको यो चलचित्रले देशको प्राकृतिक स्रोत हत्याउन संघर्षरत तीन ग्याङको कथा बुनिएको छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङको प्रतिनिधित्व गर्नुहुन्छ ।

यही शुत्रबारदेखि सिनेमाघरमा आउन लागेका दुई चलचित्र ‘छक्का पञ्जा-४’ र ‘छड्के-२’को प्रि-बुकिङ खुला भएको छ । सोमबार साँझदेखि मल्टिप्लेक्सहरूले कुकिङ खुला गरेका हुन् । यी दुवै राम्रो सम्भावना बोकेका चलचित्र हुन् । ‘छक्का पञ्जा-४’लाई हेमराज बिसीले निर्देशन गर्नुभएको छ भने ‘छड्के-२’लाई निगम श्रेष्ठले ।

१० वर्षअगाडिको चलचित्र ‘छड्के’को सिरिज र अनमोलको अभिनय भएकाले यो यो चलचित्र फागुन १९ देखि देशभरका सिनेमाघरमा आउँदै छ । चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित यो चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुनुहुन्छ भने कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले रहनुभएको छ ।

यस्तै चलचित्र ‘छक्कापञ्जा ४’को प्रमोशनल गीत सार्वजनिक गरिएको छ । मंगलबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत केदारप्रसाद घिमिरे (माग्नेबुढा) को स्वरमा रहेको छ । चलचित्रको उक्त गीतमा चलचित्रका सबै शीर्ष कलाकारलाई व्यंग्य गरिएको छ ।

घिमिरेको आफ्नै कम्पोजमा तयार भएको गीतको भिडियोमा कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि फिचर्ड हुनुहुन्छ । प्रमोसनल गीतको रूपमा ल्याइएको यसमा चलचित्रका मह–वपूर्ण दृश्यलाई समेत समावेश गरिएको छ ।

प्रि-बुकिङ खुला
यही शुत्रबारदेखि सिनेमाघरमा आउन लागेका दुई चलचित्र ‘छक्का पञ्जा-४’ र ‘छड्के-२’को प्रि-बुकिङ खुला भएको छ । सोमबार साँझदेखि मल्टिप्लेक्सहरूले कुकिङ खुला गरेका हुन् ।

यी दुवै राम्रो सम्भावना बोकेका चलचित्र हुन् । ‘छक्का पञ्जा-४’लाई यो पटक हेमराज बिसीले निर्देशन गर्नुभएको छ भने ‘छड्के-२’लाई निगम श्रेष्ठले । चलचित्र ‘छक्का पन्जा ४’ मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?