कुटपिट गरी हत्यामा संलग्न नौ जना पक्राउ

रासस
Read Time = 2 mins

इलाम । इलामको चुलाचुलीमा गत बुधबार भएको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चुलाचुली-४ का नरेन्द्र दर्जी, नरेशकुमार याखा, अभिषेक केरुङ, सेसेहाङ याखा, चन्द्रकुमार एवा, डम्बर एवा, नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ र परशु राईलाई पक्राउपछि सार्वजनिक गरेको हो ।

उनीहरुले प्रहरीसमक्ष गुरुङलाई कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । यही असोज ५ गते साँझ दमक र चुलाचुली जोड्ने रतुवा पुल नजिकै १०-१२ जनाको समूहले खुकुरी, ढुङ्गा, प्रहार गरी गुरुङलाई गम्भीर घाइते बनाएका थिए ।

घाइते गुरुङको अस्पताल लाँदा बाटामै मृत्यु भएको थियो । घटनामा प्रयोग भएको खुकुरी र ढुङ्गासहित प्रहरीले पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक दिलीप घिमिरेले नौ जनाबाहेक अन्यको खोजी भइरहेको बताउनुभयो । आपसी लेनदेन र कुटपिटको रिसइबीका कारण घटना घटेको प्रहरीले जनाएको छ । मृतक गुरुङसमेत विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?