पत्रकारका सेवासुविधा उपलब्ध गराउन श्रमजीवी–पत्रकार सङ्घको आग्रह

Read Time = 2 mins

काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घले सञ्चार संस्थामा कार्यरत श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौता तलबसहित सबै सेवासुविधा उपलब्ध गराउन माग गरेको छ । सङ्घद्वारा आज जारी विज्ञप्तिमा सञ्चार संस्थामा कार्यरत पत्रकारलाई दसैं अगावै सेवा सुविधा र तलब उपलब्ध गराएर चाडपर्व मान्ने वातावरण तयार गर्न व्यवस्थापनसमक्ष आग्रह गरिएको छ ।

सङ्घको विज्ञप्तिमा भनिएको छ –पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्तासमेत नपाउनेलगायतका गुनासो विगतमा झै यसपल्ट पनि आइरहेका छन् । हाम्रो सङ्गठन सम्बन्धित सञ्चार गृहहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन जोडदार माग गर्दछ ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नेबारे, स्वरोजगार मिडियाको प्रवद्र्धन एवं संरक्षण गर्ने विषयमा राज्यको ध्यान पुग्न नसकेको उल्लेख सङ्घले सञ्चार गृहबाट श्रमजीवी पत्रकारमाथि अन्याय भइरहेको अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?