नौ वर्षीय बालकले गराए जन्मदिनमा असहायलाई भोजन

हिमालय टाइम्स
Read Time = 3 mins

रामचन्द्र रायमाझी/ पाल्पा । पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने नेपाल प्रहरीका एक असईका छोराले जन्मदिनमा असहायलाई भोजन गराएका छन् । पर्वत फलेवास नगरपालिका-७ लिमिथाना स्थायी घर भई हाल तानसेन असनटोलमा बस्दै आउनुभएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष रेग्मीका नौ वर्षीय छोरा वसन्त रेग्मीले जन्मदिनको अवसरमा असहायहरूलाई भोजन गराउनुुभएको हो ।

तानसेनको सिद्धिविनायक एकेडेमीमा कक्षा २ मा अध्ययनरत रेग्मीले सोमबार बुुबा सन्तोष, आमा रुकमाया र दाजु शिशिरको साथमा तानसेनस्थित भूूषलडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक सेवा आश्रममा पुगी २९ जना असहायहरूलाई सामूहिक भोजन गराउनुुभएको छ । विगतमा केक काटेर जन्मदिन मनाउनुभएका रेग्मीले यसपटक भने असहायलाई भोजन गराई जन्मदिन मनाएको बुबा सन्तोष रेग्मीले बताउनुभयो । उहाँले भन्नुुभयो, ‘छोराले सानैदेखि वृद्धवृद्धाहरूलाई बढी माया गर्ने गर्थे, उनमा सेवा गर्नुपर्छ भन्ने भावना रहेकाले जन्मदिनमा आश्रममा रहेका असहायहरूलाई एक छाक भोजन गराएका हुन् ।’

छोराले केक काट्ने, साथीभाइहरू जम्मा गरेर फजुल खर्च नगर्ने भनेपछि आश्रममा पुुगेर असहायहरूको हौसला प्रदान गर्न एक छाक भोजन गराएको बुबा रेग्मीले बताउनुुभयो । उहाँ भन्नुहुन्छ, ‘आफ्नो सबै खुसीमा आफूमात्र खुसी हुनु जीवन सफल हुनु होइन, आफ्नो थोरै खुसी बाँडेर अरूलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो ।’ आगामी दिनमा पनि छोराको जन्मदिनमा गरिने खर्च गरिब, भोकानांगाहरूलाई सहयोग गर्ने रेग्मीले बताउनुुभयो ।

राष्ट्र सेवामा खटिएका रेग्मी विगतमा छोराको जन्मदिनमा सँगै हुन नपाए पनि यसपटकको जन्मदिनमा भने पूरै दिन छोरालाई समय दिने बताउनुभयो । सानो बाबुले जन्मदिनमा आफूहरूलाई भोजन गराएको भन्दै आश्रममा रहेका वृद्धवृद्धाहरू उत्साहित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?