अमेरिकी सहायकमन्त्री एलिजाबेथ आज नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी टुडो आज (बुधबार) नेपाल आउँदै हुनुहुन्छ । उहाँ नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको बाह्र दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उहाँको सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्वसहभागीसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयक कार्यक्रममा पनि उहाँको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।

त्यसबाहेक उहाँको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूतको कोष (एम्बास्डर्स फन्ड फर कल्चरल प्रिजर्भेसन)को पनि स्थलगत भ्रमणमा जाने कार्यक्रम रहेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?