इरानको प्रदर्शनमा कम्तीमा ७६ जनाको मृत्यु

Read Time = 1 min

तेहरान । इरानमा हिरासतमा रहनुभएकी युवती महसा अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरूको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान हृयुमन राइट्स (आईएचआर) ले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमले उक्त झडपमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् । आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन् । प्रहरीले सयौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० जना पत्रकार पनि छन् ।

हिरासतपछि तीन दिन कोमामा रहनुभएकी २२ वर्षीया अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ गरेको थियो । यसैबीच महिलाहरूले लगातार १२औं रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?