गुल्मी । समग्र कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नतिजा प्राप्त गरेको अगाडि बढिरहेको गुल्मीको रुरुक्षेत्र गाउँपालिका नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्दै गएको छ । गाउँपालिका सेवा प्रवाह, विकास निर्माणको साथमा नागरिकहरुको स्वास्थ्यमा समेत संवेदनशील हुँदै यस गाउँपालिकाले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
नागरिकहरुको स्वास्थ्यलाई विशेष केन्द्रमा राखेर सबै वडाहरुमा प्रत्येक दुई÷दुई महिनाको अन्तरालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । यहाँका वडामा सञ्चालन गरिएको शिविरबाट करिब नौ हजार नागरिकले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।
गाउँपालिकाले यहाँका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । पाल्पा बुटवलमा उपचार गराउँदा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा सर्जिकल सेन्टरसंग सम्झौता गरी यहाँका नागरिकहरुले निःशुल्क मोतियाविन्दु शल्यक्रियाको सेवा लिइरहेका छन् । हालसम्म यहाँका ६ जना नागरिकहरुले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेका छन् । नागरिकहरुको सहज र सुलभ रुपमा आँखा उपचारका लागि गाउँपालिकाले प्राथमिक उपचार केन्द्रको स्थापना गर्न लागेको उहाँले बताउनुभयो ।
नागरिकहरुलाई राज्यबाट प्राप्त हुने औषधिको नियमित व्यवस्थापनका लागि ५० लाख रुपियाँमा टेण्डर गरी पर्याप्त औषधिको आपूर्तिको व्यवस्था मिलाएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच