लक्ष्यअनुसार राजस्व संकलन गर्न निर्देशन

फाइल तस्बिर

Read Time = 2 mins

काठमाडौं । भन्सार विभाग र आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलनको रणनीति बनाउनुका साथै भन्सार र कर प्रशासनमा देखिएका समस्या समाधान गर्न कस्तो नीतिगत सुधार गर्ने भन्ने विषयमा छलफल गर्न देशभरका कार्यालय प्रमुखसँग छलफल गरेको छ ।

दुवै विभागले चालु आवको भदौसम्ममा एक खर्ब ६५ अर्ब आठ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक खर्ब ३५ अर्ब रुपैयाँमात्रै संकलन गर्न सकेका छन् ।

दुईदिने सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै लक्ष्यअनुसार कर संकलन गर्न आन्तरिक राजस्व कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । प्रविधि प्रयोग बढाउँदै लक्ष्यअनुसार राजस्व उठाउन इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । दुवै विभागले चालु आर्थिक वर्षको भदौसम्ममा एक खर्ब ६५ अर्ब आठ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा एक खर्ब ३५ अर्ब रुपैयाँमात्रै संकलन गर्न सकेका छन् ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार यस वर्षको असोज १० गतेसम्म गत वर्षभन्दा १४.०५ प्रतिशत कम राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष चार खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले चालु आवमा छ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

गत आर्थिक वर्ष पाँच खर्ब छ अर्ब संकलन गरेको आन्तरिक राजस्व विभागको चालु आवमा छ खर्ब ६८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?