चीनको रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बेइजिङ । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ ।

आगलागी लगत्तै अग्नि नियन्त्रकहरु घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ ।

चीनमा घातक आगलागी बारम्बार हुने गरेका छन्, जहाँ भवन संहिता उल्लंघन गरेर व्यापक अनधिकृत निर्माण भइरहन्छन् ।

यस महिनाको सुरुमा, चाङ्साको मध्यशहरमा भएको ठूलो आगलागीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी चाइना टेलिकमको कार्यालय रहेको गगनचुम्बी भवनमा क्षति भएको थियो । त्यस्तै उत्तरपूर्वी जिलिन प्रान्तमा एउटा गोदाममा आगलागही हुँदा १५ जनाको मृत्यु भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?