देश पुरानै शैलीमा चलेको छः केन्द्रिय सदस्य चौलागाई

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै केस नरेश चौलागाई

Read Time = 4 mins

-संजीव कुमार मिश्रा

बारा । एकिकृत शक्ति नेपालका केन्द्रिय सदस्य नरेश चौलागाईले देश पुरानै शैलीमा चलेको आरोप लगाउनु भएको छ ।

बाराको सदरमुकाम कलैया स्थित देवकोटा चौक नजिकै रहेको पार्टी कार्यालयमा बडा दशैको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बाेल्दै उहाँले बूडापाकाहरुले भरिएको पार्टीको कारण पुरानै सोच र शैलीमा देश अगाडी बढेको बताउनुभयो ।

पार्टीको केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद पदका उम्मेदवार समेत रहेका चौलागाईले दलहरुको अकर्मन्यता र कुर्सी पिपाशु रवैयाको कारण देशको विकास हुन नसकेको आरोप लगाउनुभयो ।

अभिभावक विहिन बच्चा सरह देशको अवस्था रहेको छ । सबै दलहरु सत्तामुखी र कुर्सी मुखी भएका छन् । उनीहरुलाई देशको विकास होइन आफनो खल्ती कसरी भर्ने चिन्ताले पिरोलेको छ । उनीहरु आफनो खल्ती भर्नमा मात्र व्यस्त देखिएका छन्, चौलागाईले भन्नुभयोे,‘ देशलाई हाक्ने निडर निष्पक्ष र युवाको खाँचो छ । औठा छाप अनपढहरु देशको प्रधानमन्त्री बन्छन् भने देशको विकास कसरी हुन्छ । दुरदर्शी हुनको लागि अध्ययन जरुरी हुन्छ । विद्वान पढेलेखेका मान्छे सत्तामा गए मात्र देशको चौतर्फी विकास हुन सक्छ । त्यसैले यसपालीको चुनावमा हामी जस्ता युवाहरुलाई मतदान गरेर देश हाक्ने युवा इमान्दार र शिक्षित युवालाई पठाउने समय आएको छ । यसपाली पनि रक्सी र मासुको भ्रममा पर्ने हो भने पाँच वर्ष फेरि रुनु पर्ने अवस्था नआउँला भन्न सकिन्न् । गाउँ समाज र सिंगै राष्ट्रको विकासको लागि शिक्षित र युवालाई रोजौ । बूढै बूडाले भरिएका खोक्रा राष्ट्रवादीहरुलाई बहिष्कार गर्ने समय आएको उहाँले जानकारी दिनुभयो ।’

उमेश ठाकुरको अध्यक्षतामा १३ सदस्यीय एकिकृत शक्ति नेपालको जिल्ला कमिटी गठन गरिएको एकिकृत शक्ति नेपालका बारा जिल्ला अध्यक्ष उमेश ठाकुरले बताउनुभयाे ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा बर्त बहादुर राई, कोषाध्यक्षमा आरती देवी, सचिवमा नेमी राउत कुर्मी, सदस्यहरुमा किसुनदास तत्वा, र्कचन देवी सर्राफ, रिंकु खत्रिनी, देवराज प्रसाद साह, चिन्दा देवी कामी, प्रभु पासवान, हिमदंग लामा, सोभा देवी, मुन्नी देवी सर्राफ रहेको ठाकुरले बताउनुभयो ।

कार्यक्रममा एकिकृत शक्ति नेपालका केन्द्रिय सदस्य सृजना श्रेष्ठ, आरती देवी, सोना देवी, शंकरिया देवी, गीता देवी, सोमबहादुर श्रेष्ठ, विनोद तुलाधर लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?