रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुग्नुभएको छ । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राख्नुभएका उहाँले अन्तिममा क्षेत्र नम्बर २ रोज्नुभएको हो ।

चितवनमा शुभेच्छुकसँगको परामर्शपछि दिउँसो २ देखि ३ बजेभित्र लामिछानेले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय भएको छ ।

रविले सुरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्ने भन्दै प्रचार गर्नुभएको थियो । तर अन्तिम समयमा आएर प्रचण्ड चितवन छाडेर गोरखा २ मा लड्ने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?