पहिरोले सात परिवार विस्थापित

Read Time = 1 min

बाजुरा । लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका–५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैेगरी विस्थापित हुनेमा धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा र विष्णु कार्की रहेको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो । विस्थापितलाई आफन्तकोमा सुरक्षित ठाउँमा सारिएको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?