मानव स्तनको दूधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

हिमालय टाइम्स
Read Time = 2 mins

रोम । इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानवस्तनको दूधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ । इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दूधको नमुनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये तीन चौथाइमा प्लास्टिकका साना कणहरू पत्ता लगाएको द गार्डियनले जनाएको छ ।

अनुसन्धानकर्ताको टोलीले शिशुहरू रासायनिक प्रदूषणबाट कमजोर रहेको र थप अनुसन्धान तुरुन्तै आवश्यक भएको उल्लेख गरे । तर, उनीहरूले प्रदूषित माइक्रोप्लास्टिकको उपस्थितिले हुने हानीभन्दा स्तनपानको फाइदा धेरै हुने विषयमा जोड दिए ।

माइक्रोप्लास्टिक भनेको पाँच मिलिमिटरभन्दा कम लम्बाइको कुनै पनि प्रकारको प्लास्टिकको टुक्रा हो । अघिल्लो अनुसन्धानले मानव कोशिका रेखाहरू, प्रयोगशाला जनावर र समुद्री वन्यजन्तुमा माइक्रोप्लास्टिकको विषाक्त प्रभाव देखाएको थियो ।

अब, पछिल्लो अध्ययनसँगै वैज्ञानिकले माइक्रोप्लास्टिकका कारण उत्पन्न हुने जोखिमहरू प्रकाश पारेका छन् । गार्जियनका अनुसारका आफ्नो अध्ययनमा वैज्ञानिकले प्लास्टिक प्याकेजिङ र समुद्री खानामा आमाको खाना र पेय पदार्थको खपत भएको पाएका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?