‘कसैको चुनावी प्रचारक बन्दिनँ’

Read Time = 2 mins

काठमाडौं । कलाकार हरिवंश आचार्याले आगामी प्रतिनिधिसभाको निर्वाचनमा कुनै दलको पनि प्रचारक बनेर भोट नमाग्ने बताउनुभएको छ । उहाँले समाजिक सञ्जालमा एक पोष्ट गर्दै आफूहरू सबै राजनीतिक दल र उम्मेदवारका साझा मान्छे भएकाले कसैको पक्षमा भोट माग्न नसक्ने प्रष्ट पार्नुभएको हो ।

‘कतिसँग गहिरो मित्रता हुन्छ । कतिसँग नाता गासिएको हुन्छ । देशमा जब निर्वाचन नजिकिन्छ । त्यसबखत ति मित्रता, ति नाता र आत्मिय सम्बन्ध गासिएका व्यक्तिहरू निर्वाचनमा उम्मेदवार बन्छन् । त्यसबखत हामीसँग केही आशा राख्नु स्वभाविक हो । मलाई चुनावमा मद्दत गरिदेला, मेरो पक्षमा भोट मागी देला भनेर’ उहाँले फेसबुकमा लेख्नुभएको छ ।

उहाँले कसैले पनि चुनावमा आफूसँग प्रचारप्रसारको आशा नराख्न आग्रह गर्दै लेख्नुभएको छ, ‘हामी सबै राजनीतिक दल, सबै उम्मेदवारका साझा मानिस हौं । ब्यालेटबक्समा खसाल्ने मतपत्रको कुन चिन्न रोज्ने भन्ने कुरा स्वविवेक हो’, उहाँले लेख्नुभएको छ, ‘कसैको पक्षमा भोट माग्न, कसैको प्रचारक हुन सकिँदैन यो हाम्रो बाध्यता हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?