सेनाको ब्यानरमा रजनीगन्धा तस्करी

Read Time = 3 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले मंगलबार राजस्व चुहावटसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ । विभागले लुखु गाउँपालिका-३, बाघे, नुवाकोट स्थायी घर भई महालक्ष्मी नगरपालिका-२३ धापाखेल ललितपुर बस्ने रामशरण बोगटी, मिर्चैया नगरपालिका-२, मल्हनिया खोरी सिरहा बस्ने अमितकुमार साह, पञ्चदेवल विनायक नगरपालिका-१, सीमटोल, अछाम स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका-४ इमाडोल, ललितपुर बस्ने नमराज तिमिल्सेना, पञ्चदेवल विनायक नगरपालिका–१, सीमटोल, अछाम बस्ने तिर्थराज ढकालविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरूले भारतमा उत्पादित बिल बिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएका २४ कार्टुन अर्थात् ३११.०४ केजी रजनीगन्धा दर्ताभन्दा फरक नम्बर प्लेटको ढुवानी साधन (ट्रक) प्रयोग गरी त्यसमा नेपाली सेनाको लोगोसहितको ब्यानरसमेत टाँस गरी ढुवानी गरी काठमाडौंलगायतका क्षेत्रमा बेचबिखन गर्ने र सोबाट प्राप्त आयमा प्रचलित कानुनबमोजिम सरकारलाई तिर्नु÷बुझाउनुपर्ने राजस्व नबुझाई राजस्व चुहावट गरेको विभागको भनाइ छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम १८ लाख ४६ हजार सात सय ३४ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा २३(१) बमोजिम बरामद मालवस्तु जफत र जरिवाना, कैद सजाय र प्रतिवादी नमराज तिमिल्सेनालाई पनि सोही ऐनको दफा २३(३) बमोजिमको कसुरमा ऐनको दफा २३(३) बमोजिम सजाय गरी पाउन तथा प्रतिवादी तिर्थराज ढकालको हकमा रजनीगन्धा ओसारपसारमा संलग्न बरामदित ट्रक सिप्रदी ट्रेडिङ प्रालिबाट सुरजनमाला जनरल स्टोरका प्रोप्राइटर तिर्थराज ढकालले खरिद गरी ऋणी देखिएको हुँदा बरामद ट्रक जफत हुन मागदाबी लिने प्रयोजनका लागिसम्म प्रतिवादी कायम गरी अभियोगपत्र दायर गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?