बैतडीमा एकपुरुष माथि चक्कु प्रहार

Read Time = 1 min

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाका एक पुरुषमाथी चक्कु प्रहार हुँदा घाइते भएका छन् । शिवनाथ २ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउँदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट साउँदको पिठ्युमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको उहाँले बताउनुभयो ।

दुवै जनाबीच मदिरा सेवन रिरहेको अवस्थामा झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?