साकाको गोलले आर्सनल नकआउट चरणमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बोडोलाई १-० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ ।

इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । उसले अर्को खेलमा ज्युरिचलाई ५-० ले हराएको छ ।

समूह ‘ई’ मा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ओमोनिया निकोसियालाई १-० ले हरायो भने त्यसमा दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा स्कट म्याक टोमिनीले गोल गरेका छन् । म्यानचेस्टरको समूहको दोस्रो स्थानमा छ ।

पहिलो स्थानको रियल सोसिडाडको चार खेलबाट १२ अंकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?