आज बृहत खोप अभियान, ५ बर्ष मुनिका बालबालिकालाई लगाइँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आज बृहत खोप अभियान ।

खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थावाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ बर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ ।

जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाईफाईडका जस्ता खोप अहिले लगाइँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?