काठमाडौं । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको संयुक्त तत्वावधान, श्रीकृष्ण प्रणामी निजानन्द धामनजरपुर र श्रीकृष्ण प्रणामी नवतनधामको विशेष सहयोगमा प्रथम प्रणामी सिंगिङ आइकन रियालिटी सो आयोजना गरिएको छ । देशविदेशबाट धेरैले भाग लिएकामध्येबाट पहिलो चरणमा डिजिटल अडिसनबाट छानिएका १२ जनाबीच प्रतिस्पर्धी भएर लाइभ राउण्डमा जाने भएका छन् । जसमा भारतको सिक्किम, दार्जिलिङबाट र नेपालको पूर्व झापादेखि पश्चिम बर्दिया, भक्तपुर र काठमाडौंबाट छनोट भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको निर्णायक भूमिकामा प्रणामी सम्प्रदायका गायिकाद्वय शारदा अधिकारी मैनाली र सविता प्रसार्इं सापकोटा हुनुहुनेछ । नेपालमै आध्यात्मिक क्षेत्रको प्रथम रियालिटी सो हुनुका साथै श्रीकृष्ण प्रणामी धर्मको अनुयायीले गाउने कृष्णभजन, तारतमवाणीका पदहरू, बिहानबेलुका गरिने सेवा पूजा, परिक्रमा आदि समावेश गरी प्रस्तुत गरिने कार्यक्रम संयोजक भोलानाथ दाहालले जानकारी दिनुभएको छ । उहाँ प्रणामी सिंगिङ आइकन रियालिटी सो हुनुपर्छ भनेर विगत दुई वर्षदेखि परिकल्पना गरी त्यसका लागि तयारीमा लाग्नुभएको थियो ।
आयोजकका अनुसार डिजिटल अडिसनमार्फत् छनोट भएका १२ जना प्रतियोगीबीच हालसम्म तेस्रो चरणको शृंखला सम्पन्न भइसकेको छ । चौथो चरणका लागि १० जनाबीच प्रतिस्पर्धापछि आगामी माघ महिनामा ग्राण्ड फिनाले हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच