जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुससहित पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय यादव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । उनको साथबाट सेवाग्राहीसँग लिएको घुस बापतको पाँच हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।

हेटौँडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट डिएसपी हेम केसी नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा शाखामा छापा मारेको थियो । सोही क्रममा जग्गा रोक्काको फुकुवा गरिदिने काम गर्न सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग घुसबापत माग गरेको पाँच हजार रुपैयाँसहित यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अख्तियारको टोलीले मुद्दा शाखाका कागजात परीक्षण गरेको थियो । घुस रकमसहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अख्तियारको टोलीले हेटौँडा नै लिएर गएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?