कर्णाली राजमार्ग अवरुद्ध हुदाँ तराई जानेको विमानस्थलमा भिड

हिमालय टाइम्स
Read Time = 5 mins

-विजय रावत

जुम्ला । लगातार अविरल बर्षाले बाढि पहिरोबाट कर्णाली राजमार्ग सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका मुख्यसहर नेपालगंज, सुर्खेत, काठमाडौ, धनगडी लगायत अन्य ठाउँमा जाने यात्रुहरुको जुम्ला विमानस्थलमा टिकटका लागी भिडभाड हुने गरेको छ ।

जहाजको उडान कम तर यात्रुहरुको भिड बढि भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशै पछि घर आएका विद्यार्थी, कर्मचारी तथा विरामीलाई पनि जहाँजको उडान कमहुदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।

अघिपछि नियमित उडान हुने तर दशै अवधिभर प्राईभेट एयरलाईन्सले पूर्वमा बढि प्रथामिकता दिएपछि दशैमा नागरिक घर फर्किन समेत सकस भएको थियो । दशैपछि पनि गन्तब्यमा पुग्न कठिन भएको छ ।

नागरिक उडान प्राधिकरणका प्रमुख सन्तोष अधिकारीका अनुसार नेपाल एयरलाईन्सले यो १५ दिनमा जुम्लामा एक मात्र उडान भरेको छ । नेपाल एयरलाईन्सको सेडुअल अनुसार हप्तामा दुईवटा जहाज आउनु पर्नेमा कार्यान्वयन हुन सकेको छैन् । अझ त नागरिक उड्यनको बर्षे उडान तालिकामा हप्तामा ७ वटा उडान छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुजुका अनुसार नेपाल एयरलाईन्सको आईतवार जुम्लामा उडान अनिवार्य हुनेछ । उहाँले एक जहाँज बिग्रेको एउटाले मात्रै देशभर सेवा दिनुपर्ने भएकाले समस्या भएको बताउनुभयो । नागरिक उड्यन जुम्लाका अनुसार अगष्ट महिनाको १५ दिनमा समिट एयरको सात, तारा एयरको ४ र नेपाल एयरलाईन्सको १ मात्र उडान भएको छ ।

लोकसेवा परिक्षार्थी र विरामीलाई प्रथामिकताः

जहाँजमा टिकट व्यवस्थापन प्रणाली राम्रो नभएको भन्दै केही दिन अघि विद्यार्थीले आन्दोलन गरेर स्थानीय प्रशासन घेराउ गरेपछि स्थानीय प्रशासनले निगरानी गरेको छ । स्थानीय प्रशासनका अनुसार यो तिन, चार दिन लोकसेवा दिने, परीक्षा दिने विद्यार्थी, ईमरजन्सी विरामी करिब ५० बढिलाई स्थानीय प्रशासनले प्रत्यक्ष निगरानीमा उडाएको छ ।

यसवेला लोकसेवाका विद्यार्थी ३८ जना, १३ जना खेलाडी, विरामीसहितका अन्य विद्यार्थीलाई पठाईएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । ६ जना विद्यार्थीलाई त राहत वोकेर आएको हेलिकोप्टरमा पठाईएको छ । परीक्षार्थी जान पाउनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेपछि स्थानीय प्रशासनको निगरानीमा लाईन लगाएर २०६ जनाको नाम लिष्ट गरिएको थियो ।

जहाँज कम तर यात्रु बढि भएपछि कसरी व्यवस्थापन गर्ने अहिले हैरान भएको छ । प्रजिअ केशरीका अनुसार लोकसेवा, परीक्षा दिने विद्यार्थी र केही विरामी उडाएपछि अवको जिम्मा एयरलाईन्स र नागरिक उड्डयन आफैले लिने छ । नेपाल एयरलाईन्सको नियमित सेडुअल कार्यान्वयन हुन सकेको छैन । यस वेला दैनिक उडान गरिरहेको समिट एयर पनि शनिवार नआउदा सकस भएको छ ।

एकातिर विपतमा राहात, उद्धार, सड्क पञ्छाउने बिषयमा तनाव बढिरहेको वेला राजमार्ग वन्द भएपछि जहाज नआउदा हैरान भएको छ । सर्वसाधारणले समेत टिकट नपाएको, व्यवस्थापन प्रणली कमजोर भएको र उडान कम भएको गुनासो बढेपछि शनिवार नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीसहितको पत्रकारको टिमले सरोकारवाला निकाय सँग भेटघाट गरेर अनुगमन तथा समन्वय गरेको थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?