भारतको प्रधानन्यायाधीशमा धनञ्जय यशवंत चन्द्रचुड नियुक्त

Read Time = 1 min

नयाँदिल्ली । भारतको प्रधानन्यायाधीशमा धनञ्जय यशवंत चन्द्रचुड नियुक्त हुनुभएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

चन्द्रचुडले नोभेम्बर ९ देखि कार्यभार सम्हाल्नु हुनेछ । वर्तमान प्रधानन्यायाधीश यूयू ललितको कार्यकाल नोभेम्बर ८ मा सकिने भएपछि न्यायाधीश चन्द्रचुडलाई नियुक्त गरिएको हो ।

चन्द्रचुडको कार्यकाल दुई वर्षको रहनेछ । पछिल्लो समयमा उहाँ सबैभन्दा लामो कार्यकालसम्म प्रधानन्यायधीश बन्नुहुनेछ । चन्द्रचुड भारतको १६औं प्रधानन्यायाधीश यशवन्त विष्णु चन्द्रचुडका छोरासमेत हुनुुहुन्छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?