यस वर्षको ‘बुकर पुरस्कार’ श्रीलंकाली लेखक शेहानलाई

Read Time = 1 min

कोलम्बो । यस वर्षको ‘बुकर पुरस्कार’ श्रीलंकाली लेखक शेहान करुणातिलाकाले जित्नुभएको छ । करुणातिलाकाले आफ्नो कृति ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ का लागि बेलायतको बुकर पुरस्कार जित्नुभएको हो । देशको साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको बारेमा पुस्तकमा लेखिएको छ ।

४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुनुहुन्छ । यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिश पेसेन्ट’ का लागि सो पुरस्कार उहाँले प्राप्त गर्नुभएको थियो । पुरस्कारको राशि ५० हजार युरो रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?