झापामा भतिजालाई गोली हानेपछि काकाले आफ्नै ज्यान लिए

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । झापाको गौरादह नगरपालिका-८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् ।

मँगलबार साँझ को समयमा गौरादह ८ बस्ने स्थानीय बिरेन साहले आफ्नै भतिज माथि गोलि प्रहारगरी पुनः आफैंलाई गोलि हानी आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

घाइते १४ बर्षिय भतिज हेमराज साहलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएकोछ । उनको मृतक वीरेन साहको कन्चटमा गोली लागेको प्रहरीले जनाएको छ ।

मृत्यु भएका वीरन साह पुर्व सशस्त्र प्रहरी रहेको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते १४ वर्षीय किशोरलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।

गौरादहका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईका अनुसार उनीहरु बीच मंगलबार साँझ सामान्य पारिवारिक लेनदेनका विषयमा भनाभन भएको भन्ने बुझिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको भइरहेको प्रहरीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?