राष्ट्रिय वाणिज्य बैंक सबै सदरमुकाममा

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सात प्रदेशका ७७ वटै जिल्ला सदरमुकाम पुगेको छ । बैंकले मंगलबार सर्लाही मलंगवा-९ मा शाखा विस्तार गरेसँगै सबै जिल्लाको सदरमुकाममा बैंक पुगेको हो । सात प्रदेशका ७७ जिल्लामा पुगी राष्ट्रिय वाणिज्य बैंकले यसअघि नै पहिलो बैंकका रूपमा बैंकिङ पहुँच पुर्‍याइसकेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्ममा पाँच अर्ब २१ करोड खुद मुनाफा आर्जन गरेको छ । २०७९ असार मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब पुगेको छ । आव २०७८/०७९ मा बैैंंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति तीन खर्ब २९ अर्ब पुगेको छ । बैंकले दुई सय ६४ शाखा, दुई सय ६८ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?