लमजुङ कारागारमा एक कैदीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ । शनिबार राति २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताउनुभयो ।

मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका-१ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन ।

०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?