आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ । इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो ।

आर्सनलको जितमा गाब्रिएल मार्टिनेल्ली, थोमस पार्टे र मार्टिन ओडेगार्डले एकएक गोल गरेका थिए । भने रेइस नेल्सन दुई गोल गरेका थिए ।

आर्सनलले खेलको पाँचौं मिनेटमा मार्टिनेलीको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको ४९ औं मिनेटमा नेल्सनले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।

नेल्सनले ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा आर्सनलको अग्रता तेब्बर बन्यो । खेलको ५७ औं मिनेटमा थोमसले गोल गरेपछि आर्सनल ४-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ५(० को जित दिलाए । जितसँगै १२ खेलबाट ३१ अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?