मर्मतमा नजर नपुगेको झोलुङ्गे पुल माथि सत्ता गठबन्धनलाई प्रश्न उब्जाउँन भाइरल बनाइदै

अहिले भाइरल बनाउन खोजिएको काठको भर्‍याङलगाएर बनाइएको पुल तस्बिरः मानबहादुर बिश्वकर्मा

हिमालय टाइम्स
Read Time = 4 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । गत साता असोज १९ गते देखि २६ गतेसम्म परेको अबिरल बर्षाका कारण बाढीले पुल बगायो । उर्लिदो बाढीले क्षेतबिच्छेद भएको यो जिते बजारको झोलुङ्गे पुल यो । दैनीक कालीकोटका पाँचवटा स्थानीयतह र बाजुराको कोल्टी सम्म पैदल हिड्ने नागरिक यहीँपुल तरेर आउजाउ गर्छन् । बाढीले पुल बगाइसकेपछि पुलका लठ्ठा मात्रै बाकी छन् । तर यसमा कसैको ध्यान गएको देखिदैन् ।

सधै सयौँ नागरिक आउजाउ गर्ने यो पुलमा किनआँखा पुगेन भन्ने प्रश्नको नागरिकको एउटै जवाफ छ, 'सबै तिर बाटो बन्द हुँदा पुल तर्ने कोही नहुदा नजर पुगेन ।'

अबिरल बर्षाले कर्णालीमा आएको बाढीले पुल पुरै बगाएको अहिले धेरैलाई थाहा छ । कर्णाली करिडोर र कर्णाली राजमार्ग सबै तिरका सडक र पैदल बाटाेहरु बन्दहुँदा कसैले आउजाउ नगरेकाले पुलतर्ने कोही नभएर ध्यान नगएको स्थानीयको भनाई छ ।

कर्णाली करिडोर र राजमार्ग बन्द भएकाले मानिसको आउजाउ पुरै बन्द हुँदा जितेको पुल बगाएको कसैलाई अत्तोपत्तो नभएको र भएपनिअन्य ठाउँको क्षतीलाई हेर्दा पुल बगाएको खासै क्षती नमानेकाले पनि नजर नपुगेको जस्तोे देखिन्छ ।

सोमबार यो झोलुङ्गे पुलको बारेमा सामाजिक सञ्जालमा निकै टिका टिप्पणी गरिएको पाइन्छ । झोलुङ्गे पुलमा भर्‍याङ्ग लगाइएको एक पुलको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेका बेला चुनावको मुखैमा कतिपयले यसलाई राजनीतिक मसला बनाएका छन् भने कतिपयले यसलाई पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग जोडदै विभिन्न भ्रामक प्रचार गर्दै आइरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त पुलको बास्तविकता भने फरक छ । असोज १९ गतेदेखि आएको बाढीका कारणले कर्णालीमा ठूलो धनजनको क्षतिगर्‍यो । सोही बाढीले कर्णाली नदीमा रहेको जितेबजार र लालीघाट बजार जोड्ने झोगुङ्गे पुलको एकतर्फको भाग बगायो ।
कर्णाली करिडोर र कर्णाली राजमार्ग जोड्ने पुलभएका कारणले आवात-जावतमा समस्या उत्पन्न भएपछि सहजताका लागि पुल चढ्न भर्‍याङ लगाइएको हो । यद्यपी यो पुलको नजिकै सय मिटरको दुरीमा पक्की सडक पुल सञ्चालनमाआइसकेको छ ।

कालीकोट पश्चिमभाग, बाजुराको पूर्वी भाग, मुगुको पश्चिम भाग र हुम्लाका तल्लो क्षेत्रका बासिन्दाहरुले प्रयोग गर्ने प्रमुख मार्गमा यो पुल छ ।

आवत-जावतमा समस्या आएपछि लालीघाट बजार, जितेबजार र त्यहाँका यातायात व्यवसायी मिलेर शनिबार उक्त पुलमा भर्‍याङ लगाइएको जिते बजारका ब्यावसायीले बताए । यो झोलुङ्गे पुलका बारेमा नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले बजार बासीको सहयोगमा यो काठको पुलबनाउने नरजंगमल्ललाई बिशेष धन्यवादभन्दै सामाजिक सञ्जालमा पुलको फोटो राखेर सकारात्मक प्रतिक्रिया जनाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?