काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुदलपछि कार्यकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुने बताउनु भएको छ ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका सम्बन्धमा सोमबार घोषणापत्र सार्वजनिक गर्दै उहाँले आफ्नो पार्टीले बहुदलपछि विशिष्ट पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताउनु भयो ।
‘हाम्रो पार्टीको घोषणापत्रमा बहुदलपछि बनेका प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, मुख्यसचिवसहित सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छ भनेको छ । त्यसका लागि माओवादीले नेतृत्व गर्छ,’ उहाँले भन्नुभयो । प्रचण्डले आफ्नो छोटो समयको प्रधानमन्त्रीत्वकालमा देशमा भ्रष्टाचार नभएको पनि दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच