हुम्लामा २ महिनामा २ सुत्केरीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

-मानबहादुर बिश्वकर्मा

हुम्ला । गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइ रहेकी सर्केगाड गाउँपालिका- ७की २४ वर्षकी पवित्रा शाही छत्यालको मृत्यु भयो ।

गाउँकै नजिकै स्वास्थ्य संस्थामाऔषधी उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयर लिप्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो ।

यही कात्तिक १५ गते (मंगलबार) हुम्लाको अदानचुली गाउँपालिका-५ काँखे गाउँकी २० वर्षकी रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उनका आफन्त बलबहादुर शाहीले गुनासो गर्नुभयो । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा उनको मृत्यु भएको बलबहादुरको भनाइ छ ।

पवित्रा र रङ्गिता दुवै जनाको एक महिनाको फरकमा एउटै बेथाले मृत्यु भयो । उनीहरूको राम्रो अस्पतालमा पुग्न नपाई मृत्यु भएको आफन्तहरु बताउँछन् ।

हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाज टिकट पाउन मुस्किल पर्छ । यसले गर्दा बिरामीहरूको समयमै अस्पताल पुग्न नपाई मृत्यु हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?